काठमाडौं– साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ अंकमा झरेको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक बढ्दा ९ उपसमूह घटेका छन् भने बाँकी उपसमूह स्थिर रहेका छन्।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर अग्रस्थानमा रह्यो। यस कम्पनीको २२ करोड ४८ लाख ४० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आजको कारोबारमा एभरेष्ट कलरका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन्। कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
यता गरिमा समृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्। यस योजनाको इकाइ मूल्य ६.६० प्रतिशतले घटेको छ।
नेप्सेका अनुसार बुधबार ३४३ कम्पनीका ९७ लाख ७७ हजार ५१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
प्रतिक्रिया