कियाको नयाँ ‘सिरोस ईभी’ दशैंअघि नेपाल आउने तयारी

शुक्रबार, १५ साउन २०८३, १२ : ३७

काठमाडौं- कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले नयाँ विद्युतीय एसयूभी ‘सिरोस ईभी’ आगामी दशैं–तिहारअघि नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले सुरुआतमा ४२ किलोवाट–आवर क्षमताको ब्याट्री भएको स्ट्यान्डर्ड रेन्ज भर्सन नेपाल भित्र्याउने योजना बनाएको हो।

कम्पनीका अनुसार नेपाली बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित सिरोस ईभी करिब ४० लाख रुपैयाँको मूल्य दायरामा ल्याउने तयारी भइरहेको छ। यसमा १९७ एमएम ग्राउण्ड क्लियरेन्स, दुईवटा १२.३ इन्चका स्क्रिनसहितको ‘ट्रिनिटी प्यानोरामिक डिस्प्ले’, ६ एयरब्याग, डिस्क ब्रेक, टायर प्रेसर मनिटरिङ सिस्टम तथा १०० किलोवाट डीसी फास्ट चार्जिङ सपोर्टजस्ता आधुनिक फिचर रहेका छन्।

माथिल्लो भेरियन्टमा लेभल–२ एडास, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट, ब्लाइन्ड स्पट मोनिटरिङ र कोलिजन अवोइडेन्सजस्ता उन्नत सुरक्षा प्रणाली पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

शुक्रबार, १५ साउन २०८३, १२ : ३७

प्रतिक्रिया