काठमाडौं- स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ४ हजार ६३ अमेरिकी डलर र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया