काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला आठ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा चार हजार तीन सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया