काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ प्रतितोला दुई सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ ।
सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ ।
सोमबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया