सुनचाँदी

बुधबार सुनको मूल्यमा ठूलो वृद्धि, चाँदी पनि महँगियो

बुधबार, २० साउन २०८३, ११ : ०५

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

बुधबार, २० साउन २०८३, ११ : ०५

प्रतिक्रिया