सुनचाँदी

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

शुक्रबार, २२ साउन २०८३, ११ : १०

काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रूपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा चार हजार पाँच सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
 

शुक्रबार, २२ साउन २०८३, ११ : १०

प्रतिक्रिया