सुनचाँदी

प्रतितोला पाँच हजार छ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतबार, २४ साउन २०८३, ११ : ०५

काठमाडौं- नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

शुक्रबार तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

आइतबार, २४ साउन २०८३, ११ : ०५

प्रतिक्रिया