लिपमोटर B03X प्रो म्याक्स प्रिमियम एसयूभी नेपालमा आधिकारिक रूपमा सार्वजनिकः पहिलो १०० ग्राहकका लागि विशेष मूल्य रु. ४४.९९ लाख

आइतबार, २४ साउन २०८३, १५ : ३०

काठमाडौं- सांग्रीला मोटर्स प्रा.लि.ले ललितपुरको ‘द प्लाजा’ मा आयोजित एक भव्य समारोहका बीच श्रावन २२ गतेका दिन नयाँ लिपमोटर B03X Pro Max प्रिमियम एसयूभी नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । 

उक्त समारोहमा अटोमोबाइल क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, सञ्चारकर्मी तथा गाडी पारखीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कम्पनीले पहिलो १०० जना ग्राहकका लागि यसको विशेष मूल्य रु.४४.९९ लाख र त्यसपछिका ग्राहकका लागि रु.४६.९९ लाख निर्धारण गरेको छ । यससँगै देशैभरका शोरुमहरूमा गाडीको अवलोकन तथा औपचारिक रुपमा बुकिब खुला गरिएको छ ।

नेपालका विविध सडक तथा भौगोलिक अवस्थालाई सहज रूपमा सामना गर्न सक्ने गरी निर्मित लिपमोटर B03X मा शक्तिशाली १४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ५३ किलोवाट–आवर  kWh) ब्याट्री प्याक रहेको छ, जसले प्रतिचार्ज ५०५ किलोमिटर (CLTC) सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्छ । साथै, यसमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको आधुनिक तथा प्रविधिमैत्री क्याबिनमा १४.६ इन्चको २.५पे एचडी टचस्क्रिन, १२ वटा स्पिकरयुक्त इमर्सिभ सराउन्ड साउन्ड सिस्टम र सुरक्षित ड्राइभिबका लागि ‘लेभल २ एडास’ जस्ता विशेषताहरू समावेश छन् ।  

कार्यक्रममा बोल्दै साङ्ग्रिला मोटर्स प्रा.लि.का निर्देशक हेमन्त गोल्छाले भने, “B03X को आगमन नेपालको इलेक्ट्रिक मोबिलिटीका लागि एउटा महत्त्वपूर्ण मोड हो । स्मार्ट र दिगो सवारी अनुभवका लागि नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यका साथ हामी नेपाली ग्राहकहरूमाझ यो प्रिमियम एसयूभी ल्याउन पाउँदा उत्साहित छौँ ।”

विश्वव्यापी रूपमा मासेराटी, अल्फा रोमियो र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले नेपाली ग्राहकहरूमाझ अन्तर्राष्ट्रिय विश्वसनीयता ल्याएको छ । चीनको नम्बर १ स्टार्ट–अप न्यु इनर्जी भेहिकल (NEV) ब्राण्ड लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ, जसमध्ये जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए । 

विश्वका ४० भन्दा बढी देशहरूमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विशाल सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकहरूलाई सहज र विश्वसनीय स्वामित्वको अनुभव प्रदान गर्दै आएको छ ।
 

आइतबार, २४ साउन २०८३, १५ : ३०

प्रतिक्रिया