लाखौंको रोजगारी सिर्जना गर्ने जिम्मेवारी सरकारको हो : लिङ्देन

सोमबार, २५ साउन २०८३, ०९ : ५१

 काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको भएको बताएका छन्।
हिजोका समयमा सरकारले उद्योगधन्दा खोल्ने र चलाउने काम गरेको उल्लेख गर्दै उनले आज भने समय बदलिएको बताए। उनले भने, ‘हिजो कुनै समय थियो सरकारले उद्योगधन्दा खोल्ने र चलाउने। आज समय बदलिएको छ।।। सरकारले एउटा उद्योग खोल्ने, चलाउने र प्रचार गर्ने होइन। निजी क्षेत्रलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, लगानी मैत्री वातावरण बनाउने एउटा होइन हजारौं उद्योग खोल्न र लाखौंको रोजगारी सिर्जना गर्ने वातावरण बनाउने जिम्मेवारी सरकारको हो।’

सोमबार, २५ साउन २०८३, ०९ : ५१

प्रतिक्रिया