काठमाडौं- नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला दुई सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।
आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ ।
आइतबार तोलामा चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार ६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया