‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिन २९ हजारभन्दा बढीले गरे अवलोकन

बुधबार, २७ साउन २०८३, ११ : ००

काठमाडौं- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्।

आयोजकका अनुसार पहिलो दिन २९ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शक आउने अपेक्षा गरिएको छ।

पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth’ विषयमा छलफलसमेत भएको थियो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका सीईओ मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विभिन्न अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। मंगलबारको लर्निङ्ग सेशनमा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन्।

बुधबार, २७ साउन २०८३, ११ : ००

प्रतिक्रिया