सुनचाँदी

सामान्य घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार, २७ साउन २०८३, ११ : २५

काठमाडौं- नेपाली बजारमा आज ९बुधबार० सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मंगलबार तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बुधबार, २७ साउन २०८३, ११ : २५

प्रतिक्रिया