नाइमा एक्स्पोमा अल्ट्राभायोलेटको नयाँ इलेक्ट्रिक मोटरसाइकल एक्स४७ सार्वजनिक

बुधबार, २७ साउन २०८३, १२ : २४

काठमाडौं- वैद्यज अर्गनाइजेशनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को अवसरमा प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटको नयाँ क्रसओभर मोटरसाइकल एक्स४७ नेपाली बजारमा सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक वैद्यज अर्गनाइजेशनले एक्स४७ को मूल्य ६ लाख ८४ हजार ९ सय रुपैयाँ तोकेको छ। क्रसओभर डिजाइन, आधुनिक प्रविधि र उच्च प्रदर्शनलाई समेटिएको यो मोटरसाइकल दैनिक आवागमनसँगै एड्भेन्चर राइडिङमा रुचि राख्ने ग्राहकलाई लक्षित गरिएको कम्पनीले जनाएको छ।

वैद्यज अर्गनाइजेशनले यसअघि अल्ट्राभायोलेटका एफ–७७ ओरिजिनल र एफ–७७ रिकन मोडलको बुकिङ खुलाइसकेको छ। एफ–७७ मा १०.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर रहेको छ। यसले पूर्ण चार्जमा ३२३ किलोमिटरसम्मको आईडीसी रेन्ज दिने कम्पनीको दाबी छ।

नाइमा एक्स्पोको अवसरमा एफ–७७ को मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो एक्स्पो अवधिका लागि मात्र लागू हुने विशेष मूल्य हो। एक्स्पोपछि यसको मूल्य बढ्नेछ।

बुधबार, २७ साउन २०८३, १२ : २४

प्रतिक्रिया