नाइमा एक्स्पोमा डोङफेंगको नयाँ बस, ५० ग्राहकलाई ५ लाख छुट

बुधबार, २७ साउन २०८३, १२ : २८

काठमाडौं- हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेंगका दुई नयाँ बस नेपाली बजारमा सार्वजनिक गरेको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएको बसमा ७.२ मिटरको कम्फर्ट बस २५+१ सिट र सिटी बस २७+१ सिट क्षमताका रहेका छन्। यी बसको मूल्य १ करोड १४ लाख ५० हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

एक्स्पोमा बुकिङ गर्ने पहिलो ५० ग्राहकलाई कम्पनीले ५ लाख रुपैयाँ विशेष छुट दिने भएको छ। डोङफेंग चीनको सन् १९६९ मा स्थापित प्रमुख अटोमोबाइल उत्पादक कम्पनी हो। कम्पनीले यात्रुवाहक तथा व्यावसायिक सवारी, बस, ट्रक र विद्युतीय सवारी उत्पादन गर्दै आएको छ।

कम्पनीले निकट भविष्यमा ७.२ मिटरको स्कुल बस, ९ मिटरको ३८ सिटे र १२ मिटरको ५२ सिटे बससमेत नेपाल ल्याउने जनाएको छ। हिमालयन अर्गनाइजेशनले आफ्ना शाखा तथा डिलरमार्फत बसको बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउने जनाएको छ।

बुधबार, २७ साउन २०८३, १२ : २८

प्रतिक्रिया