सुनचाँदी

सुनको भाउ सामान्य घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, २८ साउन २०८३, ११ : २५

काठमाडौं- नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ  प्रतितोला पाँच सय रूपैयाँले घटेको  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार सुन प्रतितोला तीन लाख ६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ ।

बुधबार तोलामा चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

विहीबार, २८ साउन २०८३, ११ : २५

प्रतिक्रिया