नाइमा एक्स्पोमा टाटा पञ्च ईभी लन्च, एक्स्पो अवधिभर ३२ लाख ९९ हजारमै पाइने

विहीबार, २८ साउन २०८३, १२ : ५२

काठमाडौं- लामो समयदेखि नेपाली बजारमा प्रतीक्षा गरिएको टाटा मोटर्सको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको छ। एक्स्पोमा लन्च भएसँगै यो गाडी देशभरका टाटा मोटर्सका आधिकारिक शोरुमबाट समेत एकैपटक सार्वजनिक गरिएको हो।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली ग्राहकको चासो र प्रतीक्षामा रहेको पञ्च ईभीलाई देशभरका शोरुमबाट एकसाथ सार्वजनिक गरेको जनाएको छ।

नयाँ पञ्च ईभी बिर्तामोडको अलास्का अटोमोबाइल्स, विराटनगर र इटहरीका गोयल अटो, मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स र राज अटो, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट सार्वजनिक गरिएको हो।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताए। उनले सुरुवाती प्रतिक्रिया र बुकिङले कम्पनीलाई उत्साहित बनाएको उल्लेख गर्दै बुकिङ भएका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिने प्रतिबद्धता व्यक्त गरे।

पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले यो गाडी ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

त्यस्तै, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ। कम्पनीले यो अफरले नेपाली बजारमा पञ्च ईभीप्रति ग्राहकको आकर्षण थप बढाउने अपेक्षा गरेको छ।

विहीबार, २८ साउन २०८३, १२ : ५२

प्रतिक्रिया