काठमाडौं- ट्रायम्फ मोटरसाइकल्स नेपालले काठमाडौंमा जारी NAIMA Nepal Mobility Expo 2026 मा नयाँ Triumph Speed T4 सार्वजनिक गरेको छ। नयाँ मोडलसँगै नेपालमा ट्रायम्फको ४०० सीसी सेग्मेन्टको लाइनअप थप विस्तार भएको छ।
कम्पनीले स्पिड टी४ को मूल्य ६ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ। आधुनिक क्लासिक रोडस्टर डिजाइनमा आधारित यो मोटरसाइकलमा क्लासिक रोडस्टरको डिजाइनसँगै लो–स्पिड टर्कलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। यसले शहरी सडकदेखि राजमार्ग र उकालो बाटोमा समेत सहज राइडिङ अनुभव दिने अपेक्षा गरिएको छ।
स्पिड टी४ मा ३४९ सीसी लिक्विड–कुल्ड इन्जिन रहेको छ। उक्त इन्जिनले ७ हजार ५०० आरपीएममा २९ पीएस अधिकतम पावर र ५ हजार ५०० आरपीएममा ३१ एनएम अधिकतम टर्क उत्पादन गर्छ। मोटरसाइकलमा ६–स्पिड गियरबक्स र स्लिपर क्लच दिइएको छ।
मोटरसाइकलमा ४३ एमएम फ्रन्ट फोर्क, एड्जस्ट गर्न मिल्ने रियर मोनोसक, १७ इन्च ह्विल, ३०० एमएम फ्रन्ट डिस्क र २३० एमएम रियर डिस्क दिइएको छ। सुरक्षाका लागि डुअल–च्यानल एबीएस उपलब्ध छ।
त्यस्तै, स्पिड टी४ मा एलईडी लाइट, डेटाइम रनिङ लाइट तथा एनालग–डिजिटल डिस्प्ले जस्ता फिचरहरू समावेश छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा स्पिड टी४ को सार्वजनिकसँगै ट्रायम्फको आधुनिक क्लासिक मोटरसाइकलको विकल्प थपिएको छ। कम्पनीका अनुसार मोटरसाइकल नेपालभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ। साथै आधिकारिक डिलर नेटवर्कबाट बिक्रीपछिको सेवा तथा जेन्युइन पार्ट्ससमेत उपलब्ध गराइनेछ।
प्रतिक्रिया