काठमाडौं- NAIMA Mobility Expo 2026 को अवसरमा नेपालमा CFMOTO मोटरसाइकल तथा ZEEHO इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिषी ट्रेड सेन्टर प्रा.लि. ले ग्राहककेन्द्रित ‘नाइमा विशेष अफर’ सार्वजनिक गरेको छ।
यस अफरको मुख्य आकर्षण CFMOTO तथा ZEEHO का सबै मोडल खरिदमा रु. २०,००० को हस्तान्तरणयोग्य नगद छुट कुपन रहेको छ। कुपन प्राप्त गर्ने ग्राहकले उक्त कुपन आफूले प्रयोग गर्न सक्नेछन् भने आफूले चाहेको परिवारका सदस्य, साथीभाइ वा अन्य कुनै व्यक्तिलाई समेत हस्तान्तरण गर्न सक्नेछन्।
रु. २०,००० को हस्तान्तरणयोग्य नगद छुट
‘नाइमा विशेष अफर’ अन्तर्गत CFMOTO तथा ZEEHO का सबै मोडलमा रु. २०,००० को नगद छुट कुपन उपलब्ध हुनेछ। यस कुपनको विशेषता यसको हस्तान्तरणयोग्यता हो। ग्राहकले आफूले प्रयोग नगर्ने अवस्थामा वा आफ्नो इच्छाअनुसार कुपन अर्को व्यक्तिलाई हस्तान्तरण गर्न सक्नेछन् र उक्त व्यक्तिले CFMOTO वा ZEEHO खरिद गर्दा यसको लाभ लिन सक्नेछन्।
यसले ‘नाइमा विशेष अफर’ लाई परम्परागत छुट योजनाभन्दा फरक बनाउँदै “तपाईंको अफर, तपाईंले चाहेको व्यक्तिका लागि” भन्ने अवधारणालाई अघि सारेको छ।
CFMOTO 250 DUAL EFI मा थप विशेष लाभ
CFMOTO 250 DUAL EFI खरिद गर्ने ग्राहकका लागि थप आकर्षक एसेसरीज प्याकेज उपलब्ध गराइएको छ। त्यसैगरी, 250 DUAL EFI मा ५ वर्ष वा ६०,००० किलोमिटरको इन्जिन वारेन्टी, जुन पहिले आउँछ, उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसले ग्राहकलाई दीर्घकालीन स्वामित्व, विश्वसनीयता तथा बिक्रीपछिको सेवाप्रति थप भरोसा प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।

४ वटा अतिरिक्त सर्भिस कुपन
ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई अझ सहज बनाउन ‘नाइमा विशेष अफर’ अन्तर्गत ४ वटा अतिरिक्त सर्भिस कुपन समेत प्रदान गरिनेछ। यसबाट ग्राहकले नियमित सर्भिसिङमा थप सुविधा र मूल्य प्राप्त गर्नेछन्।
हरेक मोडलमा निःशुल्क फुल–फेस हेल्मेट
सुरक्षित तथा जिम्मेवार राइडिङलाई प्राथमिकता दिँदै CFMOTO तथा ZEEHO का हरेक मोडल खरिदमा निःशुल्क फुल–फेस हेल्मेट उपलब्ध गराइनेछ।
सहज खरिदका लागि ईएमआई तथा साटफेर सुविधा
ग्राहकको खरिद प्रक्रियालाई थप सहज बनाउन सहज ईएमआई सुविधा समेत उपलब्ध हुनेछ। त्यस्तै, पुरानो मोटरसाइकल अपग्रेड गर्न चाहने ग्राहकका लागि पुरानो मोटरसाइकल साटफेर सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। रिषी ट्रेड सेन्टरका अनुसार यस वर्षको ‘नाइमा विशेष अफर’ केवल नगद छुटमा सीमित नभई खरिद, सुरक्षा, सर्भिस तथा दीर्घकालीन स्वामित्व अनुभवलाई समेटिएको समग्र ग्राहक लाभ योजना हो।
कम्पनीका प्रतिनिधिले भने, “यस वर्षको नाइमा अफरको मुख्य उद्देश्य ग्राहकलाई बढी मूल्य र बढी विकल्प प्रदान गर्नु हो। रु. २०,००० को हस्तान्तरणयोग्य नगद छुट कुपनले ग्राहकलाई आफ्नो आवश्यकता अनुसार अफर प्रयोग गर्ने वा आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने स्वतन्त्रता दिन्छ। यससँगै ४ वटा अतिरिक्त सर्भिस कुपन, 250 DUAL EFI मा एसेसरीज प्याकेज र हरेक मोडलमा निःशुल्क फुल–फेस हेल्मेटले ग्राहकको समग्र खरिद तथा स्वामित्व अनुभवलाई थप मूल्यवान बनाउने हाम्रो उद्देश्य हो।”
यस्ता छन् ‘नाइमा विशेष अफर’ का मुख्य आकर्षण
• रु. २०,००० को हस्तान्तरणयोग्य नगद छुट कुपन
• कुपन आफूले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्न सकिने
• CFMOTO तथा ZEEHO का सबै मोडलमा लागू
• ४ वटा अतिरिक्त सर्भिस कुपन
• CFMOTO 250 DUAL EFI मा आकर्षक एसेसरीज प्याकेज
• हरेक मोडलमा निःशुल्क फुल–फेस हेल्मेट
• 250 DUAL EFI मा ५ वर्ष वा ६०,००० किलोमिटर इन्जिन वारेन्टी
• सहज ईएमआई सुविधा
• पुरानो मोटरसाइकल साटफेर सुविधा
ग्राहकले NAIMA Mobility Expo 2026 मा CFMOTO तथा ZEEHO को स्टलमा पुगेर विभिन्न मोडलहरू अवलोकन गर्नुका साथै ‘नाइमा विशेष अफर’ का बारेमा विस्तृत जानकारी लिन सक्नेछन्। अफरका सुविधा नेपालभर रहेका CFMOTO तथा ZEEHO का आधिकारिक शोरुम तथा बिक्री केन्द्रमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रतिक्रिया