काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ प्रतितोला चार हजार ६ सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया