रहेनन् कवि दुर्गालाल

सोमबार, ०१ भदौ २०८३, ११ : ५०

काठमाडौं - नेपाली जनमानसमा लोकप्रिय र चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’का सर्जक जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा श्रेष्ठको गएराति बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो ।
काठमाडौंमा जन्मनुभएका स्वर्गीय श्रेष्ठ लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय रहँदै आउनुभएको थियो। उहाँका कविता तथा गीतमा मानवीय भावना, सामाजिक चेतना र जीवनका विविध पक्ष अभिव्यक्त हुने गरेका छन्। उनका सिर्जना सरल, भावपूर्ण र मानवीय संवेदनाले भरिएका छन् । 

नेपाल भाषा र नेपाली दुवै भाषामा कविता तथा गीत लेख्दै साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका श्रेष्ठ नेपाल भाषा साहित्यको विकास र प्रवद्र्धनमा समेत उत्तिकै सक्रिय थिए।बाल साहित्यमा समेत धेरै कलम चलाएका उनलाई नेपाली साहित्यमा ‘जनकवि’का रूपमा सम्मानपूर्वक स्मरण गरिन्छ।

सोमबार, ०१ भदौ २०८३, ११ : ५०

प्रतिक्रिया