सुनचाँदी

सुनको भाउ स्थिर हुँदा चाँदी बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०२ भदौ २०८३, ११ : ०८

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ  स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मंगलबार, ०२ भदौ २०८३, ११ : ०८

प्रतिक्रिया