आज फर्कँदै भारतीय सेनाध्यक्ष धिरज सेठ

बुधबार, ०३ भदौ २०८३, ०९ : १५

काठमाडौं - नेपालको बहुचर्चित भ्रमण सकेर भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ आज स्वदेश फर्कदै छन् । उनी चार दिने नेपाल भ्रमण पूरा गरेर पर्कन लागेका हुन । प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी आइतबार काठमाडौं आएका थिए।

नेपालमा रहँदा उनले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरे। त्यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबिच सन् १९५० देखि एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहिआएको छ।

नेपाल बसाइको क्रममा उनले पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजा समेत गरेका थिए। मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले बताएको छ।
  

बुधबार, ०३ भदौ २०८३, ०९ : १५

प्रतिक्रिया