सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बुधबार, ०३ भदौ २०८३, ११ : १०

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सय रुपैयाँमा झरेको छ।

यसअघि सोमबार सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँ पुगेको थियो भने बुधबार सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँ घटेर ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी २५ रुपैयाँ घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। चाँदीको उच्चतम मूल्य भने माघ १५ गते तोलाको ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो।

बुधबार, ०३ भदौ २०८३, ११ : १०

प्रतिक्रिया