सेयर बजार

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब २९ करोडको कारोबार

बुधबार, ०३ भदौ २०८३, १५ : १५

काठमाडौं- साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ अंकमा झरेको हो।

आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको सेयरमूल्य बढेको छ भने ८ उपसमूहको सेयरमूल्य घटेको छ। बुधबार साहस ऊर्जाको सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको १७ करोड ५२ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्य क्रमशः १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेस्ट पावरको आईपीओ हालै नेप्सेमा सूचीकृत भएको थियो।

यता, मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार आज कुल ३४६ कम्पनीका ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन्। दिनभरमा ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

बुधबार, ०३ भदौ २०८३, १५ : १५

प्रतिक्रिया