एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

बुधबार, ०३ भदौ २०८३, १६ : १६

काठमाडौं- एनसेलले आज भदौ २ गते मंगलबारदेखि लागू हुने गरी १९८ गन्तव्य मुलुकका लागि अन्तर्राष्ट्रिय आउटगोइङ (बहिर्गमन) कलको पल्स दर परिवर्तन गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृतिबमोजिम एनसेलले अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको नयाँ पल्स दर लागू गरेको हो। दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरलाई स्वीकृति दिएको कम्पनीले जनाएको छ।

नयाँ पल्स दर अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्यान्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, न्युजिल्यान्ड, नर्वे, पाकिस्तान, पोल्यान्ड, कतार, रुस, रोमानिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, स्विडेन, स्विट्जरल्यान्ड, ताइवान, मेक्सिको, थाइल्यान्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, लिबियालगायतका मुलुकमा लागू भएको छ।

एनसेलका अनुसार नयाँ पल्स दर लागू भएका सबै मुलुकको पूर्ण सूची तथा अन्तर्राष्ट्रिय कल र एसएमएसको शुल्क कम्पनीको वेबसाइटमा रहेको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिनेछ।

बुधबार, ०३ भदौ २०८३, १६ : १६

प्रतिक्रिया