सुनचाँदी

सुनको मूल्यले फेरि बनायो नयाँ उचाइ, आज कतिमा हुँदैछ कारोबार ?

विहीबार, ०४ भदौ २०८३, १० : ५९

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य बढेको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको छ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४ हजार ५१२ अमेरिकी डलर तथा चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

विहीबार, ०४ भदौ २०८३, १० : ५९

प्रतिक्रिया