ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब बढ्यो

विहीबार, ०४ भदौ २०८३, ११ : ३९

काठमाडौं- सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढाएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

त्यस्तै, माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर कायम गर्ने निर्णय भएको छ।

सरकारको उक्त निर्णय कार्यान्वयन गर्दा वार्षिक ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० रुपैयाँ थप आर्थिक दायित्व सिर्जना हुने बताइएको छ।

विहीबार, ०४ भदौ २०८३, ११ : ३९

प्रतिक्रिया