काठमाडौं- भदौ लागेसँगै नेपालमा अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको हो।
चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार एक्सएल अन्डा प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो ५७५ रुपैयाँ र मिडियम ५३५ रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ कायम छ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको हो। यसअघि एक्सएल अन्डा ५७५, ठूलो ५६० र मिडियम ५२० रुपैयाँमा बिक्री हुँदै आएको थियो।
साउन महिनामा मात्रै अन्डाको समर्थन मूल्य चार पटक बढेको थियो। उत्पादनमा आएको कमी र बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अन्डाको आपूर्ति घटेकाले मूल्य बढेको व्यवसायीहरूको भनाइ छ।
प्रतिक्रिया