काठमाडौं- साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.१७ अंकले बढेर २६२९.४० अंकमा पुगेको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा बढेका छन् भने ७ वटा घटेका छन्।
बिहीबार एग्रीकल्चर बण्ड (९ वर्ष) को सबैभन्दा धेरै ५० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। दुवै कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यसको सेयरमूल्य ९.७७ प्रतिशतले घटेको छ।
नेप्सेका अनुसार आज ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
प्रतिक्रिया