हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार थापाले तीन दलका ६३ जना सांसदको समर्थनमा बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रतिक्रिया