काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पछिल्लो समय सरकारका काम कारबाहीबाट त्यति सन्तुष्ट छैनन् भन्ने कुरा लुकेको छैन । प्रधानमन्त्री बालेन्द्रले संसदलाई छल्दै आएको कुरा होस् वा पार्टीकै बैठकमा नगएको विषय होस् । यी सबै घटनाहरुले रविलाई दिक्क बनाइरहेकै थिए । संसदीइ दलको नेताले गर्ने कामको जिम्मेवारी समेत पार्टी सभापतिले लिइरहेका छन् । राष्ट्रिय समस्याहरुमा सर्वदलीय बैठक राख्नेदेखि अन्य महत्वपूण काममा समेत रवि नै अग्रसर देखिन्छन् । त्यसैको असर संसदका बैठकहरुमा पनि देख्न थालिएको छ । रास्वपाका दर्जनौं सांसदहरु संसदमा सरकारको प्रतिरक्षामा उभिन छोडिसके ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा रविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीका सम्बन्धमा पदाधिकारीसँगको छलफलमा उनले बिना पूर्वाग्रह काम गरेर इतिहास रच्न आयोगका पदाधिकारीलाई सुझाव दिएका छन् । अख्तियारमाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्ने समाचारप्रति उनले गहीरो चासो र चिन्ता पन प्रकट गरेका थिए ।
सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अनुसन्धान र अभियोजनलाई व्यवस्थित र वस्तुनिष्ठ बनाउन आग्रह गरे । ”कुनै पनि राष्ट्रसेवक र जनप्रतिनिधिलाई अदालतको ढोकामा टेकाउने बित्तिकै उसको पद निलम्बन हुन्छ, मुख्यसचिवसम्मको पद निलम्बन भएको छ, उहाँ सफाइ पाएर निस्कनुभएको छ । यसबाट उहाँको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनमा परेको असर तथा सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुगेको छ । त्यसको परिपुरण कसरी गर्न सक्छौँ ?”, अनुसन्धान र अभियोजनमा मेहनत गर्न आग्रह गर्दै उनले भने ।
पार्टी सभापतिको यो चासो र चिन्ता वा निर्देशनलाई प्रधानमन्त्री बालेन्द्रले कुन रुपमा लेलान् ? प्राय ः बोल्न नरुचाउने उनी फेसबुकमा स्टाटस लेख्न भने सक्रिय नै छन् । हेरौं आफ्ना पार्टी सभापतिको भनाइमा उनको के प्रतिक्रिया आउँछ ?
प्रतिक्रिया