सेयर बजार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब १६ करोड कारोबार

शुक्रबार, ०५ भदौ २०८३, १५ : २६

काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन एकल अंकले बढेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेर बन्द भएको हो ।

आज कारोबार बन्द हुँदा नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा झरेको छ । बजारमा कुल ३४४ कम्पनीका सेयर कारोबार भएका थिए । जसमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५४ अंकले घटेर ४६१.३४ विन्दुमा पुगेको छ । कारोबार भएका १३ उपसूचकमध्ये म्युचुअल फन्डबाहेक सबै १२ वटा उपसूचक घटेका छन् ।

नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज १ करोड २२ हजार ७६५ कित्ता सेयर ५९ हजार ८०५ पटक खरिद–बिक्री हुँदा कुल ४ अर्ब १६ करोड ७६ लाख १८ हजार ८८२ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन तथा हाथवे इन्भेस्टमेन्ट नेपाललगायतका कम्पनीका लगानीकर्ताले पनि उल्लेख्य कमाएका छन् ।

शुक्रबार, ०५ भदौ २०८३, १५ : २६

प्रतिक्रिया