मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, ०८ भदौ २०८३, ०६ : ३२

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक(दुई स्थानमा पनि वर्षा जारी छ।

सोमबार दिनभर देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षाको सम्भावना छ। 

मधेस र कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा पनि मेघगर्जनसहित पानी पर्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

सोमबार, ०८ भदौ २०८३, ०६ : ३२

प्रतिक्रिया