काठमाडौं– रसुवामा अचानक आएको ठूलो बाढीका कारण रसुवा भन्सार कार्यालयसँग सम्पर्क हुन सकेको छैन। भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार कार्यालयको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन।
भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी भने सकुशल रहेको जानकारी प्राप्त भएको उनले बताए। तर बाढीले कार्यालयमा पुर्याएको क्षति तथा कार्यालयको भौतिक अवस्थाबारे भने कुनै जानकारी नआएको उनको भनाइ छ।
बाढीका कारण रसुवा क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै नेपाल–चीन सीमा जोड्ने व्यापारिक नाका र आसपासका क्षेत्रमा समेत क्षति पुगेको आशंका गरिएको छ।
प्रतिक्रिया