अपडेट

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा निस्किए प्रधानमन्त्री

विहीबार, ११ भदौ २०८३, १० : ४६

काठमाडौं– प्रधानमन्त्री बालेन साह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत अवलोकनका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।

उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । बुधवार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ ।

विहीबार, ११ भदौ २०८३, १० : ४६

प्रतिक्रिया