काठमाडौं– भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।
नेपाल प्रहरीका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म विभिन्न जिल्लामा गरी २७० जनाको शव फेला परेको हो। प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा १०८, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ। घटनास्थलमा हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।
बाढीका कारण ठूलो जनधनको क्षति भएको र अझै केही व्यक्ति बेपत्ता रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया