चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोले के निर्णय गर्यो ?

शुक्रबार, १२ भदौ २०८३, १३ : ४७

काठमाडौं - चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले नेपालसँग सीमा जोडिएको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार गएको विनाशकारी बाढी-पहिरोपछि उद्धार तथा राहत कार्यबारे आज बिहान बेइजिङ्गमा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन् । बैठकले नेपालमा पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

बाढी तथा पहिरोले दुबैतर्फ ठूलो क्षति पुर्‍याएको अवस्थामा चीनले उद्धार तथा  प्रभावित क्षेत्रको अवस्थाको निरन्तर मूल्यांकन गर्दै उद्धार र राहत कार्य अघि बढाइरहेको छ ।

विपद प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिँदै प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई हिजै त्यता पठाइसकिएको छ ।
बैठकले सम्बन्धित निकाय तथा विभागलाई उद्धार सम्बन्धि कार्यमा दृढ र प्रभावकारी कदम चाल्न निर्देशन दिएको छ । खोज तथा उद्धारका योजना वैज्ञानिक ढंगले तयार पार्दै बेपत्ता भएका सबै चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि प्रयास गर्नुपर्नेमा जोड दिएको छ । साथे उक्त बैठकले विपद्बाट प्रभावित नेपालको क्षेत्रमा चीनले आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तराष्ट्रिय उद्धार सहकार्य अघि बढाउने जनाएको छ । 
 

शुक्रबार, १२ भदौ २०८३, १३ : ४७

प्रतिक्रिया