काठमाडौं– हालै आएको आकस्मिक बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पद्म ज्योति समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ।
समूहले बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको हो।
पद्म ज्योति समूहले विपद्को यस कठिन घडीमा बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र पुनर्स्थापनाको कामना गरेको छ।
प्रतिक्रिया