काठमाडौं - भोटेकोशीमा आएको बाढीको असरको कारण पृथ्वी राजमार्गमा अवरोध सिर्जना भएपछि सरकारले त्रिभुवन राजपथ (बाइरोड) लाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने भएको छ । काठमाडौंका लागि अत्यावश्यक सामग्रीको आपूर्ति प्रभावित हुन नदिन सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट ढुवानी गर्ने तयारी थालेको बुझिएको छ।
कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने अवस्था आएको हो। त्यसलाई मध्यनजर गर्दै सरकारले विशेषगरी पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी अघि बढाएको हो।
यसअघि भोटेकोशीमा आएको बाढीका कारण मुग्लिन जाने सडक तीन दिन अवरुद्ध भएको थियो। सडक सञ्चालनमा आए पनि कृष्णभीरमा सडक भासिएपछि पुनः मुग्लिन–नारायणगढ सडकखण्ड बन्द भएको छ।
प्रतिक्रिया