जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

आइतबार, १४ भदौ २०८३, १४ : ३०

काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई) ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले उक्त रकम सरकारको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुग्ने गरी प्रदान गरेको हो ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा प्रभावित समुदायलाई सहयोग गर्दै आएको जनाएको छ । पछिल्लो बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै ग्रुपले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

ग्रुपले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को कठिन परिस्थितिमा रहेका सबै व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले राहत, पुनर्स्थापना, पुनःउत्थान र विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धताको भावनासहित आफ्नो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

आइतबार, १४ भदौ २०८३, १४ : ३०

प्रतिक्रिया