रसुवा बाढी

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा ब्लास्टिङ गरिँदै, ९० जना सुरक्षाकर्मीको टोली खटियो

आइतबार, १४ भदौ २०८३, १६ : १९

काठमाडौं– नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाएका छन्।

पछिल्लो जानकारीअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका १८ जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनासहित ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।

यसअघि उद्धार टोलीले दिउँसो २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ मा पुगेर २ फिट चौडाइ र ३ फिट उचाइको प्वाल बनाएको थियो। उक्त प्वालबाट डोरीको सहायताले उद्धार टोली सुरुङभित्र झरेर फसेका व्यक्तिलाई बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएको जनाइएको छ।

उद्धार कार्यलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरणको प्रयोग, ब्लास्टिङ तथा बनाइएको प्वाललाई थप फराकिलो पार्ने काम एकसाथ अघि बढाइएको छ।

कठिन तथा जोखिमपूर्ण परिस्थितिका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली अहोरात्र उद्धार कार्यमा खटिरहेको जनाइएको छ।

आइतबार, १४ भदौ २०८३, १६ : १९

प्रतिक्रिया