काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको अपूरणीय क्षतिमा राहत तथा पुनर्स्थापनाका लागि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगस्वरूप प्रदान गरेको हो।
बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको कम्पनीले जनाएको छ।
यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
प्रतिक्रिया