काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म बाढी प्रभावित विभिन्न जिल्लाबाट ९८७ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ ।
बाढी तथा पहिरोमा परी अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । घटनामा २७९ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार विपद्पछि हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ ।
प्रतिक्रिया