नेपाल लिकर्सद्वारा विपद् उद्धार कोषमा १ करोड १ लाख सहयोग

मंगलबार, १६ भदौ २०८३, १२ : ३४

काठमाडौं– रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि नेपाल लिकर्स प्रालिले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्काजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादक नेपाल लिकर्सले कम्पनी र कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।

प्राकृतिक विपत्तिबाट भएको अपूरणीय क्षति र पीडाका बीच आफ्नो सहयोग सानो प्रयास भए पनि सबैको सामूहिक सहयोग र सहकार्यबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा योगदान पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्का समयमा राहत तथा उद्धारमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूको कार्यप्रति सम्मान व्यक्त गरेको छ।

साथै, प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न सम्पूर्ण नागरिक तथा संघसंस्थालाई नेपाल लिकर्सले आग्रह गरेको छ।

मंगलबार, १६ भदौ २०८३, १२ : ३४

प्रतिक्रिया