विपदको विभत्स रुप : एकै घरबाट २४ शव फेला

मंगलबार, १६ भदौ २०८३, १४ : ५२

काठमाडौं- रसुवा बाढीले सिर्जना गरेको विपत्तिका घटनाहरु एकपद्धि अर्को गर्दै सतहमा आइरहेका छन् । कति मानिस बेपत्ता भए भन्ने एकिन तथ्यांक अहिलेसम्म आउन सकेको छैन । यद्यपी हराएका मानिसहरु जीवितै भेटिने संभावना ज्यादै न्यून भएको छ । आफन्तहरु लास भए पनि हेर्न पाए हुन्थ्यो भन्ने आशामा तड्पिरहेका छन् । यसैबीच नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो।

निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । मुचुल्काको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए। १० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण एउटै घरभित्र यति ठूलो संख्यामा मानिस मृत फेला परेका हुन् ।
उद्धार तथा खोजी कार्य तीब्र पारिएकोबेला यसरी सामुहिक रुपमा सवहरु प्राप्त भएको समाचारले सबै नेपालीलाई भावविह्व्ल बनाएको छ । 

मंगलबार, १६ भदौ २०८३, १४ : ५२

प्रतिक्रिया