काठमाडौँ र हेटौँडा जाने सवारीसाधनहरुले अब यी रुटहरु प्रयोग गर्नुपर्ने

मंगलबार, १६ भदौ २०८३, १६ : १५

काठमाडौँ - भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीले सटक यातायात पनि गम्भीर रुपमा प्रभावित भएको छ । बाढीकै कारण पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पछि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटौंडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आज मंगलबारदेखि निर्धारण गरेको छ ।

दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने रुट व्यवस्थापन गरेको छ । राससका अनुसार दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ ।


यसैगरी प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रुपमा साँझ ६ः०० बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरेको छ ।

त्यसैगरी, काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रुट तय गरेको छ । मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था गरेको छ ।


 

मंगलबार, १६ भदौ २०८३, १६ : १५

प्रतिक्रिया