काठमाडौं - चिनियाँ दूतावास केही नेपाली सञ्चारमाध्यम, सामाजिक सञ्जालमा तथ्यहीन तवरले गरिएको आलोचनाको खण्डन गर्दै नेपालस्थित चिनियाँ दूतावासले चीनमाथि लगाइएको ‘जल तथा मौसमसम्बन्धी तथ्यांकमा पारदर्शिता नभएको’ आरोप तथ्यसँग मेल नखाने दाबी गरेको छ । चीनले जल तथा मौसमसम्बन्धी सूचना नेपालको सम्बन्धित निकायलाई निरन्तर उपलब्ध गराइएको बताएको छ ।
दूतावासले त्यस्ता नकारात्मक टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै चीनले प्रभावित जलाधार क्षेत्रबाट प्राप्त प्रमुख जल तथा मौसमसम्बन्धी तथ्यांक नेपाललाई दैनिक रूपमा उपलब्ध गराउँदै आएको सम्बन्धभमा स्पष्ट पारेको छ। गत भदौ१० गते आएको प्रलयकारी बाढीले चीन–नेपाल सीमास्थित केरुङ–रसुवागढी क्षेत्रमा गम्भीर असर परेको, मौसम अनुगमन केन्द्रमा क्षति पुगेको, यातायात अवरुद्ध भएको र सञ्चार संकेत अस्थिर बनेको अवस्थामा समेत चीनले तथ्यांक प्रसारणका माध्यम पुनःस्थापित गर्न निरन्तर प्रयास थालेको क्षणबारे स्मरण गराएको छ ।
चीनले प्रभावित जलाधार क्षेत्रका मुख्य जल तथा मौसमसम्बन्धी तथ्यांक दैनिक रूपमा नेपालको जल तथा मौसम विज्ञान विभागलाई उपलब्ध गराउँदै आएको दूतावासको भनाइ छ। त्यसैगरी, अन्य नेपाली सरकारी निकायलाई समेत आवश्यक जलसम्बन्धी सूचना समयमै उपलब्ध गराइएको उसको दाबी छ।
जल तथा मौसमसम्बन्धी तथ्यांकबारे गरिएको आलोचनालाई दूतावासले ‘तथ्यसँग नितान्त फरक असंगत’ भन्दै यस्तो आरोपमा नेपाल–चीनबीचको विपद् राहत तथा उद्धार सहकार्यलाई अवरोध पुर्याउने उद्देश्य रहेको बताएको छ । चीनले सधैँ मानवीय भावनालाई प्राथमिकतामा राख्दै आएको र नेपालको विपद् प्रतिकार्यसम्बन्धी निर्णय प्रक्रियालाई पूर्ण रूपमा सहयोग गर्दै आएको पनि दूतावासले जनाएको छ।
प्रतिक्रिया