मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

बुधबार, १७ भदौ २०८३, ०७ : २५

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको जानकारी दिएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशको थोरै स्थानमा मध्यम सम्मको वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू(भागका केही तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशको हिमाली भू(भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

त्यस्तै आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। देशका तराई भू(भागका थोरै स्थानमा स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

बुधबार, १७ भदौ २०८३, ०७ : २५

प्रतिक्रिया