अपडेट

प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै

बुधबार, १७ भदौ २०८३, १२ : ४५

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले संसद्मा सम्बोधन गर्ने जानकारी सचिवालयलाई गराएको हो ।

गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षति, उद्धार तथा राहतका विषयमा प्रधानमन्त्री शाहले प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन् ।

बुधबार, १७ भदौ २०८३, १२ : ४५

प्रतिक्रिया